काठमाडौं उपत्यकामा आज रातिबाट एक साताका लागि निषेधाज्ञा – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

काठमाडौं उपत्यकामा आज रातिबाट एक साताका लागि निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
भदौ ३, काठमाडौ
काठमाडौँ उपत्यकामा आज राति १२ बजेबाट एकहप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै निषेधाज्ञा जारी गरिएको हो । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, तीनवटै जिल्लाका प्रहरी (महानगरीय प्रहरी परिसर) प्रमुख लगायत सम्वन्ध सुरक्षा अधिकारीहरूको हिजो साँझ बसेको बैठकले निषेधाज्ञा जारीको निर्णय गरेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञामा अत्यावश्यक सेवा वाहेक अन्य सवारीको सञ्चालनमा निषेध गरिएको बताउनुभयो । निषेधाज्ञा आज रातिबाट शुरु भएर अर्को बुधवारसम्म रहने छ । खाद्यान्न, किराना, फलफूल तथा तरकारी पसलहरू सञ्चालका लागि विहान र वेलुका निश्चित समय तोकिएको छ । विरामी, मलामीका लागि सुरक्षाकर्मीसँग समन्वय तथा स्वास्थ्यकर्मी र सञ्चारकर्मीका लागि परिचयपत्र अनिवार्य गरिएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिंदा पनि सर्वसाधारणले अटेर गरेका कारण उपत्यकामा कोरोना सङ्क्रमण जटिल बन्दै गएको सरकारको भनाइ छ ।

गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सवारी पास यसअघि नै खारेज भइसकेको छ । भदौ ३ अर्थात् आज बुबाको मुख हेर्ने दिन (बुवा खुवाउने औंसी) र ५ गते हरितालिका तीज पर्व रहेको छ । यी दुई चाडमा विभिन्न धार्मिक मठ मन्दिरमा तीर्थालु सर्वसाधारणको बाक्लो भीड लाग्ने भएकाले कोरोना सङ्क्रमण थप फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको प्रशासनको भनाइ छ । हिजो मंगलवारमात्र काठमाडौँ उपत्यकामा दुईसय पाँच जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डको पालना नहुँदा सङ्क्रमण फैलिएको भन्दै सरकारले कडाई गर्न लागेको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्