भोटेकोशी बाढीमा अहिलेसम्म ४६९ जनाको शव भेटियो – Kanika Khabar
Saturday, August 29Nepali News Portal

भोटेकोशी बाढीमा अहिलेसम्म ४६९ जनाको शव भेटियो

    मा प्रकाशित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ४६९ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म ४६९ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ ।  त्यस्तै अहिलेसम्म विभिन्न जिल्लाबाट १५४५ जनाको उद्धार गरेको जानकारी दिएको छ । जसमा रसुवाबाट ६४४, नुवाकोटबाट ८९८ र धादिङबाट ३ जनाको उद्धार गरिएको छ । साथै हाल काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचारत र ठिक भएर डिस्चार्ज भएकाको संख्या ८४ रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्