उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ – Kanika Khabar
Sunday, August 30Nepali News Portal

उद्धार कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ

    मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली विवरण बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगङ्गा गाउँपालिका–२ ठोसेका ३२ वर्षीय भगवान् कार्कीलाई पक्राउ गरिएको हो ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धार तथा राहतका लागि आफूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले एआईको प्रयोग गरी नक्कली बैंक विवरण तयार पारेका थिए । उनले उक्त नक्कली विवरणमा आफ्नै क्यूआर संकेतसमेत राखेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रहरीले जनाएको छ ।

कार्कीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्