चीनले भन्यो- हिमनदी भत्किने जोखिम अझै छ – Kanika Khabar
Wednesday, September 2Nepali News Portal

चीनले भन्यो- हिमनदी भत्किने जोखिम अझै छ

    मा प्रकाशित

काठमाडौं ।  चीनको जलस्रोत मन्त्रालयले सीमाको चोचेन खोला नदीमा पहिरो खसेर बनेको प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किने जोखिममा रहेको जनाएको छ ।

चीनको सरकारी समाचार संस्था सीसीटीभीका अनुसार चीनको जलस्रोत मन्त्रालयले दक्षिणपश्चिमी तिब्बतको ग्यिरोङ जिल्लामा भएको विपद्सँग जोडिएका जोखिमबारे निरन्तर परामर्श र समग्र मूल्यांकन गरिरहेको उल्लेख गरेको छ ।

हालै गरिएको सेटेलाइट तस्बिरको तुलनात्मक विश्लेषणअनुसार ग्यिरोङ त्साङ्पो नदी जलाधार क्षेत्रमा यसअघि पहिचान गरिएका १४ वटा हिमतालको पानीको सतहमा उल्लेखनीय परिवर्तन देखिएको छैन । ती हिमतालहरू समग्रमा स्थिर अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार बिहान ८ बजे ड्रोनबाट खिचिएका तस्बिरका आधारमा चोचेन खोला नदीमा बनेको प्रभाव क्षेत्रमा जम्मा भएको पानीको ठूलो हिस्सा बाहिरिइसकेको छ । नदीको तल्लो क्षेत्रमा पानीको बहाव पनि सामान्य अवस्थामा फर्किएको जनाइएको छ ।

तर प्रभाव क्षेत्र आसपासका हिमनदीहरू अझै भत्किन सक्ने जोखिम रहेको र त्यसबाट थप खतरा उत्पन्न हुन सक्ने चेतावनी चीनको जलस्रोत मन्त्रालयले दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्