मा प्रकाशित
काठमाडौँ । रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ ।
सुरुङबाट मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको उद्धार गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेका अनुसार सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको छ । उनीहरूको खोज तथा उद्धारका लागि उद्धार टोलीले काम जारी राखेको छ ।
दुवैलाई सुरुङमा थुनिएको ९ दिनपछि सकुशल उद्धार गरिएको हो ।


