भोटेकोशी बाढीपछि १२८७ जनाको शव भेटियो – Kanika Khabar
Friday, September 4Nepali News Portal

भोटेकोशी बाढीपछि १२८७ जनाको शव भेटियो

    मा प्रकाशित

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १२८७ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२८७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६३, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१९ र नवलपरासी पश्चिममा २१२ जनाको शव फेला परेको छ ।

अहिलेसम्म ९६ शव सनाखत भएर आफन्तले बुझेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण ५ हजार ८३ जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवाका २१३०, नुवाकोटका २३४० र विदेशी नागरिक ५८३ रहेको विवरणमा उल्लेख छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्