फेरि बढ्यो अण्डाको मुल्य – Kanika Khabar
Saturday, September 5Nepali News Portal

फेरि बढ्यो अण्डाको मुल्य

    मा प्रकाशित

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।

संघको भदौ १८ गतेको बैठकले उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । संघले शुक्रबारदेखि लागू हुने गरी एक्सएल अन्डाको समर्थन मूल्य ६०५ रुपैयाँ तोकेको छ ।  त्यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ र मिडियम अन्डाको मूल्य ५५० रुपैयाँ कायम गरिएको छ । संघले तोकेको समर्थन मूल्यमा सानो अन्डाको मूल्य प्रतिपेटी ३ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

संघले उत्पादक, संकलनकर्ता, थोक तथा खुद्रा व्यवसायीलाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । उपभोक्ता मूल्य भने ठूलो अन्डा प्रतिगोटा २५, मिडियम अन्डा २ वटाको ४५ रुपैयाँ तोकेको छ । यसअघि भदौ ४ मा अन्डाको समर्थन मूल्य तोकिएको थियो । नयाँ सानो अन्डाको प्रतिपेटी ३ हजार २ सय रुपैयाँ नै यथावत राखिएको छ भने एक्सएल, ठुलो र मिडियम अन्डाको प्रतिक्रेट मूल्यमा १५ रुपैयाँ बढेको छ । जसमा एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ५९० रुपैयाँ थियो । अहिले १५ रुपैयाँ बढाएर ६०५ पुर्‍याइएको छ । ठुलो अन्डामा पनि प्रतिक्रेट १५ रुपैयाँले बढेर ५९० समर्थन मूल्य तोकिएको छ ।

मिडियम अन्डाको मूल्यमा पनि प्रतिक्रेट १५ रुपैयाँ बढाएर ५५० तोकिएको छ । यसअघि मिडियम अन्डाको प्रतिक्रेट मूल्य ५३५ थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्