छोरीको जन्मदिनमा कांग्रेस सदस्यको कोरोना विमा गरिदिने घोषणा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

छोरीको जन्मदिनमा कांग्रेस सदस्यको कोरोना विमा गरिदिने घोषणा

    मा प्रकाशित

कनिका खबर
दाङ, ३ भदौ ।

Image may contain: 1 person, fire and candles
दाङका एक व्यक्तिले छोरीको जन्मदिनका अवसरमा पारेर करिव दुई सय जना कांग्रेसका क्रियाशील सदस्यहरुको कोरोना विमा गरिदिने घोषणा गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ निवासी पवन आचार्यलले आफ्नो वडामा रहेका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको कोरोना विमा गरिदिने भएका छन् ।
उनले आफ्नी छोरी आहना आचार्यको जन्मदिनको अवसर पारेर कोरोना विमा गरिदिन घोषणा गरेका हुन । जन्मदिनको अवसरमा रचनात्मक कार्य गर्ने उद्देश्यले आफ्नो वडामा रहेको कांग्रेसका क्रियाशील सदस्यहरुको बिमा गर्न थालेको बताए ।
तुलसीपुर उपमहानगरपालिका– ७ का इकाइ सभापति हरिवहादुर थापाले कोरोना विमाको तयारी भएको बताएका छन् । त्यसका लागि सदस्यहरुलाई विमाका लागि आवश्यक पर्ने कागजात मगाउने काम भैरहेको समेत बताए । वडामा १ सय ९३ जना क्रियाशील सदस्यहरु रहेको सभापति थापाले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष टोपबहादुर केसीले यसरी महामारीको समयमा कोरोना बिमा गरिदिदा थोरै भए पनि राहात मिल्ने बताए । उनले एक व्यक्तिले गरेको यो नयाँ कार्य भएको भन्दै यस्ता कार्य अन्य व्यक्तिहरुले समेत गर्न सक्ने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्