पत्रकारसहित दुई जना संक्रमित, महासंघका सचिवलाई कोरोना संक्रमण – Kanika Khabar
Tuesday, July 28Nepali News Portal

पत्रकारसहित दुई जना संक्रमित, महासंघका सचिवलाई कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
भदौ ४, नुवाकोट
नुवाकोटका एक जना युवकलाई कोरोना संक्रमण पुष्टि भएको छ । सात दिन अगाडि दिइएको स्वावको नतिजा आउने क्रममा नुवाकोटमा पत्रकारसहित दुई जनालाई कोरोना संक्रमण भएको हो । समुदायका मानिसहरुको स्वाव संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा परिक्षणको लागि लगिएको थियो । नतिजामा नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदीश खनाललाई कोरोना पोटेटिभ देखिएको हो ।

वुधवारै विदेशवाट आएर त्रिशूलीस्थित शैक्षिक तालिम केन्द्रको क्वारेन्टाइनमा रहेका ४२ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससंगै नुवाकोटमा कोरोना सक्रमितहरुको संख्या ७२ पुगेको छ । ३५ वर्षिय खनालसहित अर्का संक्रमितलाई नुवाकोट जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखिएको छ । हाल नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा नौजना, खरानीटार अस्पताल तादीमा चार जना र काठमाडौका विभिन्न अस्पतालमा ६ जना गरि १९ जना संक्रमित उपचाररत रहेका स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्