कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, सतर्क रहन आग्रह – Kanika Khabar
Sunday, September 27Nepali News Portal

कुलेखानी जलाशयमा पानीको सतह बढ्दै, सतर्क रहन आग्रह

    मा प्रकाशित

हेटौडा । कुलेखानी जलाशयमा पानीको सतह बढिरहेको छ । बिहान ७ बजेको अपडेट अनुसार पानीको सतह बढेर १५२५.६१ मिटर पुगेको हो ।

निरन्तर ठूलो वर्षा भइरहेकाले पछिल्ला दिनको तुलनामा जलाशयमा पानीको सतह केही तीव्र गतिमा बढिरहेको जनाइएको छ ।

कुलेखानी जलाशयमा अधिकतम १५३० मिटरसम्म पानी भण्डारण गर्न सक्ने क्षमता रहेको छ । हाल जलाशयबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको विद्युत प्राधिकरणले जनाएको छ । जलाशयमा पानीको सतह बढेर १५२७ मिटर पुगेपछि पहिलो साइरन बजाइने र त्यसपछि पानीको सतह थप बढ्दै गएमा क्रमशः तीन पटकसम्म साइरन बजाइने जानकारी दिइएको छ ।

तीन पटक साइरन बज्ने अवस्था आउँदा जलाशयको पानीको सतह १५३० मिटर पुगेको हुने र त्यसपछि बाँधको मुख्य ढोका बिस्तारै खोलिने जनाइएको छ ।

निरन्तर ठूलो वर्षा भइरहेकाले जलाशयको पानीको सतहमा भइरहेको वृद्धिलाई निगरानी गरिरहेको प्राधिकरणसहित स्थानीय प्रशासनले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्