प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारजनलाई १० लाख क्षतिपूर्ति दिन अनेरास्ववियूको माग

    मा प्रकाशित

कनिका खबर
भदौ ४, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन अनेरास्ववियूले बाढी, पहिरो तथा डुवानबाट मुत्यु भएका परिवारजनलाई कम्तिमा १० लाख क्षतिपूर्ति दिन माग गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महरले आज एक विज्ञप्ती जारी गर्दै बेपत्ता भएकाको तीव्र खोजी गर्न, घाइतेको उपचार र विस्थापितलाई तत्काल राहत उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायसमक्ष अपिल गर्नुभएको हो । तत्काल जीवन रक्षाको लागि उद्दार र राहत वितरणको कार्यमा समेत भएको ढिलाई जस्ता घटनाका कारण सिंगो अनेरास्ववियू स्तब्ध भएको महरको भनाइ छ । सिन्धुपाल्चाकको बाह्रविसे नगरपालिका, जुगल गाउँपालिका, बाजुराको बुढिनन्दा नगरपालिका, अछामको रामारोशन गाउँपालिका, बझाङको बुंगल नगरपालिका, केदारसियुँ गाउपालिका लगायतका स्थानमा गएको बाढी पहिरोले ठूलो मात्रामा जनधनको क्षति बेहोर्नुपरेको महरले बताउनुभयो । साथै बर्सेनि हुने तराईको डुवानको दिर्घकालिन समाधान खोज्नु जरुरी रहेको उहााको भनाइ छ ।

अनेरास्ववियूका अनुसार यो बर्ष मात्रै बाढी र पहिरो र डुवानका कारण तीन सय जना भन्दा बढीको मृत्यू भैसकेको छ भने सयौंको संख्यामा घाइते र बेपत्ता भएका छन् । हजारौं मानिस घरबार बिहीन भएका भएको र ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ । यस्ता प्रकोपमा सुरक्षित तवरले राहत र उद्दारको कार्यमा तत्कालै क्रियाशील रहन देशभर रहेका अनेरास्ववियूका सम्बन्धित स्थानका सम्पूर्ण कार्यकर्ता तथा शुभेच्छुकमा संयोजक महरको आग्रह छ । बाढी र पहिरोका घटना ब्यहोर्नुपरेको अवस्थामा अनेरास्ववियू विगत देखि नै राहत र उद्दारमा निरन्तर क्रियाशील रहँदै आएको पनि उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्