काठमाडौं । मनाङको हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् । जिल्लाको नार्पाभूमि गाउँपालिका—५ स्थित हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना बेपत्ता भएका छन् ।
खोजीका लागि प्रभु हेलिकप्टरमा ४ जना उद्धारकर्मी पहिरो आएको क्षेत्रमा पठाइएको छ । हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वत आरोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब १ दर्जन बेपत्ता अशंका भएको प्रहरीले जनाएको छ ।
उद्दारका लागि काठमाडौंबाट हेलिकोप्टर मनाङको लागि गएको सशस्त्रका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार, क्षतिको एकिन जानकारी प्राप्त हुन सकेको छैन ।


