कांग्रेस दाङ क्षेत्र नं. २ को सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित – Kanika Khabar
Wednesday, September 30Nepali News Portal

कांग्रेस दाङ क्षेत्र नं. २ को सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित

    मा प्रकाशित

दाङ — नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ को निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ।

सभापति पदमा श्रेष्ठले ५६३ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी सन्तोष योगीले ४०१ मत प्राप्त गर्नुभयो।

त्यस्तै, सचिव पदमा तिलकबहादुर के.सी. निर्वाचित हुनुभएको छ। उहाँले ५१९ मत प्राप्त गर्दा प्रतिस्पर्धी शरद बि.क. (समीप) ले ४२७ मत प्राप्त गर्नुभयो।

सहसचिव (खुला) पदमा मधुसुदन अधिकारी निर्वाचित हुनुभएको छ। अधिकारीले ४७५ मत प्राप्त गर्दा निरज गिरीले ४३३ मत प्राप्त गर्नुभयो।

त्यसैगरी, सहसचिव (महिला) पदमा रेखा के.सी. निर्वाचित हुनुभएको छ। उहाँले ५१६ मत प्राप्त गर्दा प्रतिस्पर्धी सपना मजगैया अधिकारीले ४४६ मत प्राप्त गर्नुभयो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्