भोटेकोशी विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित – Kanika Khabar
Thursday, October 1Nepali News Portal

भोटेकोशी विपद् सम्बन्धी संसदीय विशेष समितिको कार्यविधि पारित

    मा प्रकाशित

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव,जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिले आफ्नो कार्यविधि पारित गरेको छ ।

विहिबार सिंहदरबारमा बेसको समितिको बैठकले सदस्यहरूले राखेको सुझावका आधारमा कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समिति सभापति गणेश पराजुलीले जानकारी दिएका छन् ।

त्यस्तै समितिको टिओआरमाथि अर्को बैठकमा छलफल गरेर पारित गरिने उनले बताए । त्यस्तै उनले प्रतिनिधि सभामा रहेका विभिन्न क्षेत्रका विषयगत विज्ञ सांसदहरूलाई आमन्त्रित सदस्यको रूपमा सहभागी गराउन प्रस्ताव गर्दै आ-आफ्नो दलबाट सम्बन्धित विषयका विशेषज्ञ सांसदहरूको नाम प्रस्ताव गरी ल्याउन आग्रह गरेका थिए । समितिको अर्को बैठक शुक्रबार ३ बजे बग्ने तय भएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्