प्रधानमन्त्री शाह र लामिछानेबीच पाँच घण्टा भेटवार्ता – Kanika Khabar
Thursday, November 26Nepali News Portal

प्रधानमन्त्री शाह र लामिछानेबीच पाँच घण्टा भेटवार्ता

    मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा बिहीबार भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो ।

भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालैको भारत भ्रमण र त्यसबाट प्राप्त उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए । दुवैबीच भ्रमणका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

त्यस्तै, आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि छलफल भएको छ । पार्टीले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सन्दर्भमा समेत दुवै नेताबीच कुराकानी भएको थियो ।

भेटमा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका साथै अध्यादेश तथा आगामी संसद् अधिवेशनका विषयमा पनि छलफल भएको सभापति लामिछानेको सचिवालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्