काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत – Kanika Khabar
Saturday, October 3Nepali News Portal

काठमाडौं महानगरको पत्राचार अब हुलाकमार्फत

    मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न निकाय तथा व्यक्तिलाई पठाउने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र र पार्सललगायत हुलाक वस्तु अब हुलाकमार्फत पठाउने भएको छ ।

महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरी यो सेवा सुरु गर्न लागेको हो । प्रशासन विभागका प्रमुख महेश काफ्ले र गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढालबहादुर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महानगर क्षेत्रभित्र अत्यावश्यक हुलाक वस्तुका लागि उही दिन सेवा उपलब्ध हुनेछ । दुई किलोग्रामसम्मका वस्तुका लागि रजिस्ट्री सेवा तथा आवश्यकताअनुसार द्रुत हुलाक र पार्सल सेवा प्रयोग गरिनेछ ।

रजिस्ट्री तथा पार्सल अर्को दिन वितरण गर्ने व्यवस्था गरिएको छ । अन्य जिल्लामा भने प्रचलित हुलाक सेवाको तालिकाअनुसार वितरण हुनेछ । सम्झौता एक वर्षका लागि गरिएको महानगरपालिकाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्