मुगुमा आँखाका विरामी दिन प्रतिदिन बढ्दै – Kanika Khabar
Sunday, July 19Nepali News Portal

मुगुमा आँखाका विरामी दिन प्रतिदिन बढ्दै

    मा प्रकाशित

कनिका खबर
भदौ ४, मुगु
मुगुको सदरमुकाम गमगढी बजारमा रहेको एक मात्र आँखा उपचार केन्द्रमा औषधीको अभाव भएको छ । गत बैशाख महिना देखि अहिलेसम्म मुगु जिल्लामा आखाँ उपचार केन्द्रमा सम्बन्धित मोतियाबिन्दु, आँखा पाक्ने, चिलाउने, आँखामा मासु पलाउने, सुक्खा हुने लगायतका बिभिन्न प्रकारका आँखा सम्बन्धि औषधीको अभाव भएको आँखा उपचार केन्द्र मुगुले जनाएको छ ।

उपचार केन्द्रमा औषधीको लागी पटक पटक हिमालय आखाँ अस्पताल पोखरा, सम्बन्धित संघ संस्था लगायत अन्य सरोकारवाला निकायसँग पत्रचार गरे पनि कुनै निकायबाट औषधीको सहयोग नभएको आँखा उपचार केन्द्र मुगुका प्रमुख धुब्र बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सदरमुकाम लगायत जिल्लाका चार वटै स्थानीय तह लगायतका जिल्ला भन्दा बाहिर जुम्ला, हुम्ला जिल्लाका तल्लो भेगका आँखाका बिरामि उपचार गराउन यहि पुग्ने गरेका छन् । अहिले औषधि अभाव भएपछि जिल्ला भित्रकै बिरामि पनि आउन छोडेको उहाँले बताउनुभयो । अहिले उपचार केन्द्रमा औषधि अभाव भए पछि सेवा लिन आएका आँखाका बिरामि रित्तो हात घर फर्किन थालेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्