कस्तो छ आजको मौसम पूर्वानुमान ? – Kanika Khabar
Sunday, October 4Nepali News Portal

कस्तो छ आजको मौसम पूर्वानुमान ?

    मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको र हाल

देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको जानकारी दिदै  देशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको उल्लेख गरेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साधारणतया बादल लाग्ने तथा देशका बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानपख हुस्सु पनि लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम सम्मको, कोशी र बागमती प्रदेशको हिमाली भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भाग तथा मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्