भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २८ लाख नाघ्यो – Kanika Khabar
Saturday, June 6Nepali News Portal

भारतमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या २८ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
भदौ ४, दाङ
भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २८ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६९ हजार ६ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २८ लाख ४१ हजार तीन सय ३७ पुगेको छ । कोरोना सङ्क्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक भारतमा पछिल्लो २४ घन्टामा थप नौ सय ७७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ५४ हजार १७ पुगेको छ । यस्तै हालसम्म भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये २० लाख ९६ हजार ६ सय ६५ जना स्वस्थ भइसकेका छन् । भारतको महाराष्ट्र, तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका राज्य कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्