पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा – Kanika Khabar
Sunday, October 4Nepali News Portal

पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हिजोको प्रश्नको उत्तर दिएर मात्र पार्टी नटिक्ने बताएका छन् ।

काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह बोल्दै सभापति थापाले अहिले उठिरहेका प्रश्नको जवाफ दिएमात्र पार्टी टिक्ने र ठुलो हुने बताए ।

सभापति थापाले भने- ‘हिजोको प्रश्नको उत्तर दिएर कांग्रेस टिक्दैन । आजको प्रश्नको उत्तर दिनुपर्छ । आजको प्रश्न के हो ? त्यसका लागि आजको प्रश्न सोध्ने मान्छे को हो ? तपाईं र कांग्रेसको कोठामा बसेर आफैँ प्रश्न र आफैँ उत्तर बनाएर हुँदैन ।’

महाधिवेशनलाई सम्बोधन गर्दै सभापति थापाले अहिलेका युवाले इतिहासलाई माया गरे पनि उसका अहिलेका प्रश्नको उत्तर पार्टीले दिनसक्नु पर्ने बताए ।

युवाले देशमा राम्रो शिक्षा पाइन्छ कि पाइँदैन ? शिक्षा पाएपछि रोजगार पाइन्छकी पाइदैन भन्ने प्रश्न गरिरहेको र त्यसको जवाफ दिनसक्नुपर्ने बताए ।

सभापति थापाले बदलिएको काँग्रेसले देशलाई पनि बदल्ने विश्वास लिन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले आफुहरुसँग विपी कोइराला र गणेशमानको विचार रहेको भन्दै उनीहरुका छोराहरु कहाँछन् त्यसले अर्थ नराख्ने टिप्पणी गरे ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्