विश्वमा कारोना सङ्क्रमितको संख्या २ करोड २८ लाख बढी – Kanika Khabar
Sunday, April 27Nepali News Portal

विश्वमा कारोना सङ्क्रमितको संख्या २ करोड २८ लाख बढी

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।
कोरोना भाइरस सङ्क्रमण दिनानुदिन बढिरहेको छ । पछिल्लो अद्यावधिक अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख ५६ हजार १३४ पुगेको छ ।

कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९६ हजार ९९२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५५ लाख ११ हजार ६६९ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार ५०५ जनाको मृत्यु भएको छ । ३२ लाख ८६ हजार ५६० जना संक्रमित भएकोमा १९ लाख ५२ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५४ हजार ५७५ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख ८४ हजार १८५ पुगेको छ । त्यसमध्ये ३७ लाख ९२ हजार १५२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २६ हजार ४७७ जनाको मृत्यु भएको छ । ६० लाख २४ हजार १११ जना संक्रमित भएकोमा ४७ लाख १७ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८३ हजार ९०८ जनाको मृत्यु भएको छ । ५५ लाख ७१ हजार ६४१ जना संक्रमित भएकोमा ४१ लाख ४४ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २७ हजार २२ जनाको ज्यान गएको छ भने ११ लाख ६२ हजार ३९२ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ८४ हजार ४८० जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९० जनाको मृत्यु भएको छ । २६ हजार ५२४ जना संक्रमित भएकोमा १९ हजार ७ सय जना संक्रमणमुक्त भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्