भरोसा नटुटोस् भन्दै योगेशले दिए गगन र विश्वप्रकाशलाई शुभकामना – Kanika Khabar
Saturday, October 10Nepali News Portal

भरोसा नटुटोस् भन्दै योगेशले दिए गगन र विश्वप्रकाशलाई शुभकामना

    मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिँदै जनताको आशा, भरोसा र विश्वास नटुटाउन आग्रह गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई शुभकामना दिँदै उनीहरू आशा, भरोसा र विश्वासको जगमा नेतृत्वमा आएको बताएका छन् । उनले नयाँ नेतृत्वले जनताको विश्वास कायम राख्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

उनले लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । भट्टराईले व्यक्ति र स्वार्थ केन्द्रित सत्ता गठबन्धनको अभ्यासबाट मुलुकलाई मुक्त गर्नुपर्नेमा जोड दिदै सम्मानित र मर्यादित राजनीतिक संस्कृतिको निर्माण गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा समस्त कांग्रेसजनलाई पनि उनले बधाई दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्