गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्किदै – Kanika Khabar
Wednesday, October 14Nepali News Portal

गृहमन्त्री सुधन गुरुङ आज स्वदेश फर्किदै

    मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ भारतको नयाँ दिल्लीमा आयोजित बिम्स्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा सहभागी भएर आज स्वदेश फर्कने भएका छन् ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार मंगलबार बैठकलाई सम्बोधन गर्दै गुरुङले आतंकवाद र सीमापार अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका थिए ।

बैठकका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, सीमापार अपराध नियन्त्रण तथा विपद् तयारी र प्रतिकार्यमा सहकार्य बढाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ । भेटमा गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

गुरुङ सोमबार भारत प्रस्थान गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्