रुसी विपक्षी नेता अलेक्सी नल्भानीलाई विष खुवाएको आशंका – Kanika Khabar
Monday, August 10Nepali News Portal

रुसी विपक्षी नेता अलेक्सी नल्भानीलाई विष खुवाएको आशंका

    मा प्रकाशित

कनिका खबर

भदौ ५, दाङ ।

एक जना रुसी विपक्षी नेता अलेक्सी नल्भानीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ।राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक मानिने उहाँलाई विष दिइएको आशङ्का गरिएका छ । रुसको एउटा अस्पतालमा कोमामा उहाँको उपचार भइरहेको छ । भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नल्भानी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उहाँ सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो । बीबीसीका अनुसार  चिकित्सकहरूले विष खुवाएको आशंका गरेका छन् । तर एकिन खबर सार्वजनिक भएको छैन । नल्भानीको समूहले विमानस्थलको क्याफेमा उहाँलाई चियामा विष हालेर दिइएको दाबी गरेका छन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्