आजको मौसम यस्तो रहने छ – Kanika Khabar
Thursday, October 15Nepali News Portal

आजको मौसम यस्तो रहने छ

    मा प्रकाशित

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ । देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।  देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्