मा प्रकाशित
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ ।
शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ को आधारमा गहुँको समर्थन मूल्य तोकेको हो ।
गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ थियो । यस वर्ष मूल्य प्रतिक्विन्टल १६२ रुपैयाँले बढाइएको छ ।


