जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ – Kanika Khabar
Saturday, October 17Nepali News Portal

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ

    मा प्रकाशित

काठमाडौं । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको छ ।

ललितपुरस्थित उनको निवासबाट प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले जानकारी दिएकी छन् ।

श्रेष्ठले पनि घरमै प्रहरीले लिन आएको जानकारी दिए । उनले भनेका छन्- ‘भरमार गालीगलौज गर्नेहरु फुक्काफाल । समाचार प्रकाशन गरेको अपराधमा मलाई उहाँहरुले घरैमा लिन आउनुभएको छ ।’

जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर हाँस्य कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध शुक्रबार जाहेरी दिएका थिए । रास्वपा नेतृत्वको सरकार आएपछि वैयक्तिक गोपनीयतासम्बन्धी कसुर गरेको आरोपमा यस अगाडि पनि श्रेष्ठ पक्राउ परेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्