विश्वकप लिग- २ मा आज नेपालले ओमानविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै – Kanika Khabar
Monday, October 19Nepali News Portal

विश्वकप लिग- २ मा आज नेपालले ओमानविरुद्ध जित्नैपर्ने दबाबमा खेल्दै

    मा प्रकाशित

काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज ओमानविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरात स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शरू हुदैछ । नेपालले यस सिरिजका दुई खेल जितेको छ भने एक खेल हारेको छ । त्यस्तै ओमानले नेपालविरुद्धको खेल हारेको थियो भने क्यानडाविरुद्धएक खेल जितेको थियो ।

विश्वकप लिग-२ को शिर्ष चारमा परेर विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा सिधै छनौट हुने सम्भावना सकिए पछि नेपाल अहिले एकदिवसीय मान्यता जोगाउने लडाइमा रहेको छ । यसका लागि नेपालले लिग-२ को अंकतालिकामा शिर्ष ६ भित्र रहनु पर्ने हुन्छ । लिग–२ मा पाँचौँ र छैटौँ स्थानमा रहने टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता स्वतः जोगिनेछ भने सातौँ र आठौँ स्थानमा रहने टोलीको मान्यता जोखिममा पर्नेछ । नेपाल अहिले ३५ खेलमा २८ अंकसहित छैठौं स्थानमा रहेको छ र छैटौं स्थानमा पर्न आजको खेल जित्नैपर्ने अवस्थामा रहेको छ । साथै नेपालको लिग-२ को यस राउण्डको यो अन्तिम खेल पनि हो ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिम ओमान पठाएको छ । नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, शेर मल्ल, ललित राजबंशी, करण केसी, नन्दन यादव, साहब आलम र सन्दीप जोरा रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्