पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ ५, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा मात्र थप ११ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुष गरी ११ जना कोरोना सङक्रमितको मृत्यु भएको जनाइएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमका अनुसार मोरङ, पर्सा, बारा, काठमाडौँ, ललितपुर, मकवानपुर, चितवन, सप्तरी, सर्लाही, दोलखा र प्यूठानमा एक–एक जनाको कोरोनाबाट मृत्य भएको हो । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्