साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु – Kanika Khabar
Thursday, October 22Nepali News Portal

साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु

    मा प्रकाशित

काठमाडौं । साउदी अरबमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुईजनाको मृत्यु भएको छ । पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

साउदी ऊर्जा मन्त्रालयका अनुसार, बुधबार बिहान प्रशोधन केन्द्रतर्फ लक्षित ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो । त्यस क्रममा खसेको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो ।

साउदी ऊर्जा मन्त्रालयले मृत्यु हुनेमा एक नेपाली र एक फिलिपिनो नागरिक रहेको पुष्टि गरेको छ ।

घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन् । मृतकको पहिचान भने भएको छैन ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्