मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Kanika Khabar
Wednesday, October 28Nepali News Portal

मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    मा प्रकाशित

काठमाडौँ । मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको अनुसन्धानबाट खुलेको छ ।

मुद्दामा कार्यालयका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र एलाइड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढालाई प्रतिवादी बनाइएको छ ।

आयोगले उनीहरूबाट ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरी बिगोबराबर जरिवाना, कैद र बिगो असुलउपर गर्न मागदाबी गरेको छ । साथै, परामर्शदाता कम्पनीलाई समेत कानुनअनुसार सजाय गर्न माग गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्