दाङमा अपनाइयो उच्च सतर्कता – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा अपनाइयो उच्च सतर्कता

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २२, दाङ ।

छिमेकी जिल्ला बाँकेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दाङमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने हरेक नाकामा सुरक्षा सतर्कता बढाईएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यी कुनै पनि नाकाबाट नागरिकहरु आवत जावत बन्द गर्नेगरी प्रशासनले नाकामा सुरक्षा निगरानी बढाएको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार जिल्ला भित्रने भारतीय नाका कोईलावासमा थप सुरक्षा निगरानी बढाइएको छ । यो नाकामा पहिलेदेखि नै सुरक्षा सतर्कता अपनाइएको थियो । यसैगरी बाँकेसँग सीमा साँध जुधेको अमिलियामा पनि सुरक्षा निगरानी बढाइएको छ । यो नाकामा सुरक्षाकर्मी थप सँगै स्वास्थ्यकर्मीको संख्या समेत बढाइएको छ । यसैगरी कपिलवस्तुसँग नजिकै रहेको कालाकाँटे क्षेत्रमा पनि स्वास्थ्यकर्मी सहितको अर्को चेक पोस्ट खडा गरिएको छ ।

यसैगरी पश्चिम दाङको खिलतपुरमा पनि अर्को विशेष चेक पोस्ट स्थापना गरिएको डिएसपी खड्काले जानकारी दिए । उनका अनुसार यी नाका क्षेत्रबाट नागरिकहरुलाई आवतजावतमा पूर्ण रुपमा कडाई गरिने छ ।

साथै आज बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठकले लकडाउनलाई व्यवस्थित गर्न सवारी साधनमा कडाइ गर्ने, पास पूर्णरुपमा खारेज गर्ने, विभिन्न उद्योग तथा इट्टा भट्टामा रहेका भारतीय नागरीकहरुलाई उद्योग भित्रनै वस्न लागाउने लगाएतका निर्णयहरु गरेको छ ।

२०७७/०१/२२ गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठकले गरेका निर्णयहरु

१. पूर्व पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्ने ।
२. अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसार पसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरुको अनिवार्य रुपमा परिक्षण गरेर मात्र आवत जावत गर्न दिने ।
३. कुनै पनि सवारी साधनले इजाजत नलिइ मानिस ओसार पसार गरेको पाईएमा तत्काल सवारी साधनलाई समेत नियन्त्रणमा लिने ।
४. जिल्लामा सञ्चालित विभिन्न कारखानाहरु र इट्टा उद्योगमा काम गर्ने भारतीय नागरिकहरुको उद्योग भित्र नै व्यवस्थापन गर्न र बाहिर निस्कन नदिनका लागि पहल गर्न सम्बन्धित उद्योगहरुलाई पत्राचार गर्ने ।
५. जिल्लामा रहेका सम्भाव्य जोखिम हुन सक्ने व्यक्तिहरुको पी सि आर लगायतको परिक्षणको व्यवस्था स्वास्थ्य कार्यालय दाङले मिलाउने र यसको सहजिकरण जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला स्थित सुरक्षा निकायहरु र सबै स्थानीय पालिकाहरुले गर्ने ।
६. जिल्लामा रहेका सिमिन्ट कारखाना र इट्टा उद्देश्यमा कार्यरत मजदुर तथा कर्मचारीहरुको अवस्था बुझ्न उद्योग निरिक्षणका लागि जिल्ला स्थित सुरक्षा निकायहरुको प्रतिनिधित्व रहने गरी टोली बनाई परिचालन गर्ने ।
७. पूर्व पश्चिम राजमार्गको कालाकाटे र अमेलिया तथा बबई गाउँपालिका को हंशपुरमा सुरक्षाकर्मी सहितको हेल्थ डेस्क सम्बन्धित स्थानिय तह, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रही बल नेपाल २९ नं. गण को समन्वयमा स्थापना गरी तत्काल संचालनमा ल्याउने ।
८. खाद्यान्न, तरकारी, ग्यास, औषधी लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्ने र विरामी बोकेका एम्बुलेन्स बाहेक अन्य सवारी साधनलाई रात्रीको समयमा संचालनमा रोक लगाउने ।
९. दाङ जिल्लाबाट अन्य जिल्लामा विभिन्न अत्यावश्यक कामका लागी जान चाहने व्यक्तिहरुले जानु पर्नाको कारण सहित सवारी पास माग गरेमा जानु पर्ने जिल्लाको सहमती बिना पास उपलब्ध नगराउने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्