आज दुवै सदनका विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै – Kanika Khabar
Friday, October 30Nepali News Portal

आज दुवै सदनका विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ । आज प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान दिउसो १ बजेदेखि सिंहदरबारमा बस्ने समितिले जानकारी दिएको छ ।

आजको बैठकमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशुली विपद्को अध्ययन सम्बन्धमा सञ्चार जगतको भुमिका बारे छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको पनि बैठक बस्दैछ ।

बिहान ११ बजेदेखि शुरु हुने बैठकमा भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा गएको विपद्‌का सम्बन्धमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका प्रमुखहरूसँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्