गगन थापाले आज विशेष सम्बोधन गर्दै – Kanika Khabar
Sunday, November 1Nepali News Portal

गगन थापाले आज विशेष सम्बोधन गर्दै

    मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने तयारी गरेका छन् । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन् ।

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि थापाले आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयबाट सम्बोधन गर्ने जानकारी दिइएको छ ।

थापाले पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे आफ्नो दृष्टिकोण सार्बजनिक गर्ने बताइएको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्