नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु – Kanika Khabar
Friday, November 6Nepali News Portal

नेपाल चिनाउन ‘भिजिट नेपाल’ अभियान सुरु

    मा प्रकाशित

काठमाडौं । नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यलाई विश्वभर चिनाउने उद्देश्यले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा ‘भिजिट नेपाल’ अभियान सुरु गरिएको छ ।

शुक्रबार सुरु भएको अभियान सन् २०२६ को अन्त्यसम्म सञ्चालन हुनेछ। अभियानमार्फत डिजिटल कन्टेन्ट क्रियटर्स र सामाजिक सञ्जालको उपयोग गरी नेपालको पर्यटन प्रवर्द्धन गरिनेछ ।

अभियानअन्तर्गत युरोप, मध्यपूर्व, दक्षिणपूर्वी एसिया र दक्षिण एसियाका नौ जना अन्तर्राष्ट्रिय कन्टेन्ट क्रियटर्सले नेपालका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्ना अनुभव विश्वभर साझा गरिरहेका छन् । उनीहरू अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म नेपालमा रहनेछन् ।

अभियानमा छुट्टै ह्यासट्याग पृष्ठ सञ्चालन, नेपाली कलाकार तथा स्थानीय सिर्जनाकर्मीसँग सहकार्य र पर्यटकीय गन्तव्यबाट प्रत्यक्ष प्रसारणसमेत गरिनेछ । यसबाट पर्यटन प्रवर्द्धनसँगै स्थानीय व्यवसायी र क्रियटर्सलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने अपेक्षा गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्