संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची – Kanika Khabar
Saturday, November 7Nepali News Portal

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

    मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित दुई जनाको आज संसदीय सुनुवाइ हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ९: ३० बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने तय भएको छ ।

बैठकमा सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित झापाका जनक पाण्डे र दाङका गोकर्ण डाँगीलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिनेछ ।

त्यसपछि समितिले प्रस्तावित दुवैको सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि उपयुक्तता वा अनुपयुक्तताबारे निर्णय गरी सम्बन्धित निकायमा सिफारिस गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्