दाङमा डेढ लाख बढी रकमसहित ८ जना पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङमा डेढ लाख बढी रकमसहित ८ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।

दाङको नारायणपुरमा तास खेलिरहेको अवस्थामा १ लाख ५८ हजार ३ सय रकमसहित हिजो शुक्रबार ८ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १० चारबगिया बस्ने कृष्ण केसीको कुखुरा फर्ममा जुवा खेलीरहेका आठ जनालाई नगद सहित प्रहरीले शुक्रवार बेलुकी साढे पाँच बजेतिर पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गोप्य सुचनाको आधारमा प्रहरी नायव निरिक्षक गणेश गिरीको कमाण्डमा गएको ५ जनाको प्रहरी टोलीले उनीहरुलाई १ लाख ५८ हजार ३ सय नेपाली रुपैया नगद, ३ गड्डी तास र नखोलेको १० गड्डी तास सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदावारले जानकारी दिएका छन् ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्