पर्सामा पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु – Kanika Khabar
Monday, November 9Nepali News Portal

पर्सामा पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु

    मा प्रकाशित

काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।

सोमबार बिहान स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पड्काउने क्रममा घाइते भएका थिए। पटाकाको छर्रा उनको छातीको बीच भागमा लागेको थियो।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर, चिकित्सकले बिहान नै उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्