जन्मदिन र तिहारको अवसरमा अभियान बस्नेतद्वारा सेवा घरलाई आर्थिक सहयोग – Kanika Khabar
Tuesday, November 10Nepali News Portal

जन्मदिन र तिहारको अवसरमा अभियान बस्नेतद्वारा सेवा घरलाई आर्थिक सहयोग

    मा प्रकाशित

घोराही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(२) का सभापति अभियान बस्नेतले आफ्नो जन्मदिन तथा तिहारको अवसर पारेर मानव कल्याण समाज (सेवा घर) लाई आर्थिक सहयोग गरेका छन्।

राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय बस्नेतले सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावलाई आत्मसात् गर्दै सेवा घरलाई आर्थिक सहयोग गरेका हुन्।

बस्नेतले दसैँ–तिहारजस्ता चाडपर्वको अवसरमा हरेक वर्ष सेवा घरलाई आर्थिक सहयोग गर्दै आएका छन्। चाडपर्वलाई व्यक्तिगत खुसी र उत्सवमा मात्र सीमित नराखी असहाय, बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको सेवामा समेत जोड्नुपर्ने मान्यतासहित उनले निरन्तर सहयोग गर्दै आएका छन् ।

राजनीतिक गतिविधिसँगै सामाजिक सेवामा समेत सक्रिय बस्नेतको यस कार्यले मानवीय संवेदना, सामाजिक सद्भाव र सहयोगको संस्कृतिलाई प्रोत्साहन गरेको छ।

सेवा घरमा आश्रित व्यक्तिहरूको जीवनयापन तथा व्यवस्थापनमा यस्ता सहयोगले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

बस्नेत  कनिका खबर अनलाइनका अध्यक्ष पनि हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्