खाडीका श्रमिक वर्ग शत्रु हुन र , प्रधानमन्त्रीज्यू ? – Kanika Khabar
Monday, July 27Nepali News Portal

खाडीका श्रमिक वर्ग शत्रु हुन र , प्रधानमन्त्रीज्यू ?

    मा प्रकाशित

कनिका खबर
भदौ ६, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । आज एक विज्ञप्ति जारी गर्दै काङ्ग्रेसले अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न सरकारको ध्यनाकर्षण गराएको हो ।

गत असार १ गते सर्वोच्च अदालतले समेत वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेको भन्दै सरकारी खर्चमै उद्धार गर्न माग गरेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशको दुई महिनापछि पनि महँगो चार्टर फ्लाईटको टिकट व्यवस्था गरेर श्रमिकको पीडामाथि पीडा थपेको बताए ।

वैदेशिक रोजगारीमा गएका र अप्ठ्यारोमा परेकालाई नेपालीलाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’

विज्ञप्तिमा भनिएको छ, ‘उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्