अमेरिकामा उडानमा लगाइएको रोक हटाइयो – Kanika Khabar
Saturday, November 14Nepali News Portal

अमेरिकामा उडानमा लगाइएको रोक हटाइयो

    मा प्रकाशित

काठमाडौं । सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण अमेरिकाभर चार घण्टाभन्दा बढी समय रोकिएका हवाई उडान पुनः सञ्चालनमा आएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षा जोखिम देखाउँदै लगाएको देशव्यापी उडान रोक हटाएपछि आन्तरिक उडान सुरु भएका हुन् ।

उडान रद्द तथा ढिलाइ हुँदा करिब १५ लाख यात्रु प्रभावित भएको तथ्याङ्क विश्लेषण गर्ने कम्पनी सिरियमले जनाएको छ । यस क्रममा हजारौँ उडान रद्द तथा ढिला भएका थिए ।

अमेरिकी यातायातमन्त्री सिन डफीले पुरानो हवाई यातायात नियन्त्रण प्रविधि र क्षमताभन्दा बढी भार परेका राउटरका कारण समस्या उत्पन्न भएको बताएका छन् । उनले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्रविधि सुधारका लागि बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गरेका छन् ।

गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले भने यो घटना कुनै साइबर आक्रमण वा अमेरिकामाथिको सुरक्षा खतरासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । यसै साता माइक्रोसफ्टको प्रणालीमा देखिएको समस्यासँग पनि यसको सम्बन्ध नरहेको उनले बताएका छन् ।

उडान रोक हटेपछि डेल्टा र युनाइटेड एयरलाइन्सले सेवा पुनः सुरु गरेका छन् । फ्रन्टियर एयरलाइन्सले सेवा नियमित बनाउने प्रयास भइरहेको जनाएको छ भने जेटब्लुले शुक्रबारका बाँकी उडान रद्द गर्दै शनिबारसम्म पनि असर जारी रहन सक्ने बताएको छ ।

यातायातमन्त्री डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने बताए पनि दुई सातापछि हुने थ्याङ्क्सगिभिङ पर्वको यात्रामा असर नपर्ने अपेक्षा व्यक्त गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्