नेपाली कांग्रेस दाङद्वारा धन्यवाद तथा समसामयिक राजनीतिक विषयमा छलफल कार्यक्रम आयोजना हुँदै – Kanika Khabar
Sunday, November 15Nepali News Portal

नेपाली कांग्रेस दाङद्वारा धन्यवाद तथा समसामयिक राजनीतिक विषयमा छलफल कार्यक्रम आयोजना हुँदै

    मा प्रकाशित

दाङ। नेपाली कांग्रेस दाङले पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा समसामयिक राजनीतिक विषयमा छलफल, भेटघाट तथा धन्यवाद कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीले सार्वजनिक गरेको निमन्त्रणाअनुसार आगामी २०८३ कार्तिक ३० गते आइतबार बिहान ११ः३० बजे घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहने जनाइएको छ।

कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रम तथा पार्टीका गतिविधिका विषयमा छलफल र विचार आदानप्रदान हुने अपेक्षा गरिएको छ। साथै, भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रमसमेत रहनेछ।

नेपाली कांग्रेस दाङले कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सम्बन्धित सबैलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्