लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने

    मा प्रकाशित

काठमाडौं । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा पीडितको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यस वर्ष पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने भएको छ ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय अभियान यस वर्ष सन् २०२६ नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् २०८३ मंसिर ९ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट होऔँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ तय गरिएको छ। नेपालको राष्ट्रिय नारा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ ।

अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न राज्यका निकाय, नागरिक समाज, समुदाय र सरोकारवाला पक्षबीच सहकार्य तथा ऐक्यबद्धता आवश्यक रहेको सन्देश दिनेछ। साथै पीडित तथा प्रभावितको सुरक्षा, सम्मान र न्याय सुनिश्चित गर्नुपर्ने विषयलाई प्राथमिकता दिइनेछ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्