नेकपा कार्यदलको सुझाव : ओलीले राजीनामा दिनुनपर्ने, ५ वर्ष नै प्रधानमन्त्री – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा कार्यदलको सुझाव : ओलीले राजीनामा दिनुनपर्ने, ५ वर्ष नै प्रधानमन्त्री

    मा प्रकाशित

कनिका खबर
भदौं ६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो कार्यदलले सर्वसम्मतिले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिएको छ । शनिबार अध्यक्षद्वयलाई बुझाइएको प्रतिवेदन सर्वसम्मत तयार पारिएको कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए ।

‘पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउन र पार्टी एकता बलियो बनाउने गरी प्रतिवेदन बनाएका छौँ । अब समस्याहरु समाधान हुन्छन् भन्ने विश्वास कार्यदलले लिएको छ’, कार्यदल सदस्य शर्माले रातोपाटीसँग भने ।
स्रोतका अनुसार प्रतिवेदनमा पार्टी एकतालाई आत्मसाथ गर्दै अघि बढ्ने, पद्धति र पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने तथा पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।

अर्का कार्यदल सदस्य भीम रावलले राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम गर्दै एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने कार्यदलले सुझाव दिएको जानकारी दिए ।
त्यस्तै संसदीय दलको भूमिका प्रभावकारी बनाउने र प्रदेश र स्थानीय सरकारलाई समेत थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनले नेपालको सीमा समस्या र समाधान सम्बन्धमा कुटनीतिक तथा राजनीतिक दुवै माध्यमबाट पहल गर्न सुझाव दिएको छ ।

त्यसैगरी कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान, बाढीपहिरोबाट सिर्जित समस्याको सामना, शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने तथा एमसीसीबारे राष्ट्रको पक्षमा निर्णय गर्नुपर्ने उल्लेख छ ।
सरकारकारका काम कारवाही प्रभावकारी बनाउने बुँदामा प्रदेश तथा स्थानीय सरकारका साथै केन्द्रीय सरकार प्रभावकारी बनाउने उल्लेख छ । यसअघि मन्त्रिमण्डलका सदस्यहरुको हेरफेर र मुख्यमन्त्रीहरु परिवर्तन गर्ने विषय पार्टीभित्र चर्चामा आएको थियो ।

कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको माग थाती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल ९५ वर्ष० सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ । तर दुवै अध्यक्षको सल्लाहमा निर्णयहरु गरिने उल्लेख छ ।

त्यस्तै प्रतिवेदनमा राजनीतिक नियुक्ति वा सिफारिस गर्दा पार्टीको सल्लाहमा मात्रै गर्ने गरी सुझाव दिइएको छ । त्यस्तै पार्टीका सैद्धान्तिक विवादित विषय महाधिवेशनबाट टुंगो लगाउने तथा कोरोेना संक्रमणबाट स्थिति सहज भएपछि केन्द्रीय समिति बैठक बस्ने उल्लेख छ ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको अन्तिम बैठकले पार्टीभित्र उठेका विभिन्न विषयवस्तुलाई मसिनो गरी छलफल गर्दै अन्तिम रुप दिएको थियो ।
कार्यदलले एक साता लगाएर प्रतिवेदन तयार पारेको हो ।

गत शुक्रबार दुई अध्यक्ष केपी शमा ओली र पुष्पकमल दाहाल प्रचण्डले महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । उक्त कार्यदललाई सोमबार बसेको सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

त्यस्तै प्रतिवेदमा एकता महाधिवेशन आगामी चैत महिनामै गर्नुपर्ने सुझाव समेटिएको बुझिएको छ । कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयमा छलफल गरेर स्थायी कमिटीले अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने नेकपाका नेताहरुको तयारी छ । गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक पार्टीभित्रको विवादका कारण साउन १८ पछि बस्न सकेको छैन ।

बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतले ओलीको राजीनामा मागेपछि विवाद थप चर्किन पुगेको थियो । सोही विवादले पार्टी नै फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमा निकास खोज्दै सहमतिमा अघि बढ्न ओली प्रचण्ड सहमत बनेका थिए ।

कार्यदल प्रतिवेदनका मुख्य अंश यस्ता छन् :

१.पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने ।
२.पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने
३.कार्यविभाजन स्पस्ट पार्नुपर्ने
४.पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ।
५.राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम
६.एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने
७.सरकारको काम कारवाही प्रभावकारी बनाउने
८.संसदीय दलको भूमिका प्रभावकारी बनाउने ।
९.प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने
१०.नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने
११.कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने
१२.शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने
१३. एमसीसीबारे राष्ट्रिय हितमा जोड
१४. सीमा समस्या समाधान गर्ने

प्रतिवेदन बुझाएलगत्तै कार्यदल विघटन

पार्टी विवाद समाधान प्रस्ताव तयार गर्न पार्टी महासचिव पौडेलेको संयोजकत्वमा गठित कार्यदल विघटन भएको छ । अध्यक्षद्धय ओली र दाहाललाई प्रतिवेदन बुझाएपछि कार्यदल विघटन भएको हो । महत्वपूर्ण जिम्मेवारी पुरा गरेको भन्दै अध्यक्षद्धयले कार्यदलका सदस्यलाई धन्यवदसमेत दिएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्