जर्नी टु जिनिअस एक्स्पो २०८३ का लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न – Kanika Khabar
Thursday, November 26Nepali News Portal

जर्नी टु जिनिअस एक्स्पो २०८३ का लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ। प्याब्सन दाङको आयोजनामा हुन लागेको ‘जर्नी टु जिनिअस एक्स्पो २०८३’ का सम्बन्धमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आज जिल्लाको घोराहीमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा आगामी पौष १०, ११ र १२ गते सञ्चालन हुन लागेको एक्स्पोको उद्देश्य, महत्त्व, कार्यक्रमको स्वरूप तथा तयारीका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याब्सन केन्द्रीय कार्यसमितिका प्राज्ञिक परिषद् सदस्य अरुणकुमार सुवेदीले एक्स्पोले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभा, सिर्जनशीलता र नवीन सोचलाई प्रस्फुटन गर्ने अवसर प्रदान गर्ने बताउनुभयो। उहाँले परम्परागत पाठ्यपुस्तकमा आधारित सिकाइलाई व्यवहारिक, प्रयोगात्मक र अनुसन्धानमुखी शिक्षासँग जोड्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

उहाँले विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षामा सीमित नराखी प्रविधि, विज्ञान, नवप्रवर्तन र व्यावहारिक सीपसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै जर्नी टु जिनिअस एक्स्पोले विद्यार्थीको प्रतिभा पहिचान र क्षमता विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा निमा एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक सरोज भट्टराई र एकेडेमिक हेड तुलसीराज अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

एक्स्पो मूल आयोजक समितिकाका सह संयोजक तथा प्याब्सन केन्द्रीय कार्यसमितिका प्राज्ञिक परिषद् सदस्य यादव गिरीले कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजका डाइरेक्टर डा. शैलेन्द्र गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

एक्स्पो मूल आयोजक समितिका संयोजक तथा पूर्व केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । समितिका सह संयोजक निशान्त आचार्यको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण प्याब्सन दाङका सचिव आदिम केसीले गर्नुभएको थियो ।
कार्यक्रममा एक्स्पोमा सहभागी हुने विद्यालयका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमार्फत सहभागीहरूलाई एक्स्पोमा प्रस्तुत गरिने परियोजना, नमुना, शैक्षिक सामग्री तथा सिर्जनात्मक गतिविधिबारे जानकारी गराउँदै आवश्यक तयारीका विषयमा सहजीकरण गरिएको थियो।

विद्यार्थीको ज्ञान, सीप, सिर्जनशीलता र नवप्रवर्तनलाई एउटै साझा मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गर्न लागिएको जर्नी टु जिनिअस एक्स्पो २०८३ ले दाङको शैक्षिक क्षेत्रमा नयाँ अभ्यास र सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ। कार्यक्रममा जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्