भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता – Kanika Khabar
Sunday, November 29Nepali News Portal

भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता

    मा प्रकाशित

दमौली । शैक्षिक भ्रमण गएका एक विद्यार्थी भिरबाट खसेर बेपत्ता भएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका हुन् ।

चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण गरी फर्कने क्रममा मङ्सिर १२ गते साँझ करिब ६ः२० बजे गाडी रोकेर शौचालय जाने क्रममा चितवनको भरतपुर महानगरपालिका–६ निवासी १५ वर्षीय अंकित गुरुङ सडकबाट खसेर बेपत्ता भएका हुन्।

आज साँझ करिब पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना ४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ सौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले तत्काल खोज तथा उद्धार कार्य सुरु गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्