मनाङमा दुईजना शिक्षकमा कोरोना सङ्क्रमण – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

मनाङमा दुईजना शिक्षकमा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौं ७, लमजुङ
हिमाली जिल्ला मनाङका दुई शिक्षकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार भरतपुर नगरपालिका–११ चितवन घर भई मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङस्थित विद्यालयमा कार्यरत ५७ वर्षका र विराटनगर–११ मोरङ घर भई ङावल आधारभूत विद्यालयमा कार्यरत ५१ वर्षका शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र चामेस्थित आइसोलेसनमा राखिएको छ ।

सङ्क्रमित शिक्षक सरकारले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि दुई साताअघि तराईबाट मनाङ आएका थिए । गत २ भदौमा स्वाब सङ्कलन गरिएका १८ नमुनामध्ये प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा दुई शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । मनाङमा हालसम्म ८१ जनाको नमुना सङ्कलन गरी पिसिआर विधिद्वारा गरिएको परीक्षणमा तीनजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एकजना निको भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्