कनिका खबर
भदौ ७, दाङ ।
कोरोना सङ्क्रमणका कारण विदेशी भूमिमा ज्यान गुमाउने नेपालीको संख्या १९२ पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिबार साँझसम्म विभिन्न १६ मुलुकमा रहेका १९२ नेपालीहरुको मृत्यु भएको हो ।
स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायत देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो ।
हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ ।


