स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई काङ्ग्रेसको आग्रह – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई काङ्ग्रेसको आग्रह

    मा प्रकाशित

कनिका खबर
भदौ ७, दाङ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस नियन्त्रणमा फ्रन्ट लाइन अर्थात अग्र भागमा खटिएका स्वास्थ्यकर्मी र स्थानीय नागरिकबीच असमझदारी उत्पन्न हुन नदिन सरकारलाई आग्रह गरेका छन् । उनले आज वक्तव्य निकालेर आफ्नो जीवन जोखिममा राखेर काम गर्ने स्वास्थ्यकर्मीसंगै सुरक्षाकर्मी , सञ्चारकर्मी र सफाईकर्मीहरुको प्रशंसा गरेका हुन् । उनले स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त ब्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरण खलल हुन नदिन सरकारलाई आग्रह पनि गरे । स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नु सबैको अभिभारा भन्दै सभापति देउवाले यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
एकता र विश्वासका साथ आफ्नो कार्यक्षेत्रमा मानवीय भावना साथ थप क्रियाशील रहन पार्टीका नेता कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई आग्रह समेत गरेका छन् । साथै विदेशमा अप्ठ्यारामा परेकाहरुको निःशुल्क उद्वार गर्नसमेत सरकारसँग उनले माग गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्