सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा निरन्तर रहने – Kanika Khabar
Friday, April 19Nepali News Portal

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा निरन्तर रहने

    मा प्रकाशित

कनिका खबर
भदौ ७, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकमा भदौ एक गते देखि जारी निषेधाज्ञा जारी रहने भएको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक सातासम्मका लागि जिल्लामा निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि कोरोनाको जोखिम बढेको भन्दै एक सातासम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको थियो । त्यसको समयसीमा आज सकिनै लाग्दा कोरोना सङ्क्रमण जोखिम अझै रहेको भन्दै जिल्लामा निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।
कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गरिने पनि निर्णय भएको छ । जिल्लाका केही स्थानीय तहमा समेत कोभिड–१९ का सङ्क्रमित देखिएकाले सङक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । सिन्धुपाल्चोकमा अहिलेसम्म ८६ जनामा सङक्रमण देखिएकामा ७४ जना निको भई घर फर्केका छन भने तीन जनाको मृत्यु भएको र ९ जना उपचारत रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्